२६ वर्षे महिलाले मेडिकल सेन्टरमा चलाइन् गोलीः तीनको मृत्यु, आफूलाई पनि हानिन् गोली

अमेरिकाको मेरिल्याण्डस्थिती औषधी वितरण केन्द्रमा बिहिबार एक महिलाले अन्धधुन्ध गोली चलाउँदा तीनको मृत्यु भएको छ । घटनामा अन्य तीनजना घाइते भएका छन् । यस्तै, बन्दुकधारी महिलाले आफूलाई गोली हानेकी छिन् ।

पुलिसका अनुसार आफूलाई गोली हान्ने २६ वर्षे स्नोचिया मोसेली गम्भीर रुपमा घाइते भइन् । उपचारको क्रममा उनको मृत्यु भएको छ । अहिलेसम्म हमलाको स्पष्ट कारण पत्ता लाग्न सकेको छैन ।

पुलिसका अनुसार अमेरिकामा हुने मास सुटिङको घटनामा विशेषगरी पुरुष समावेश हुन्छन् ।

हारफोर्ड काउन्टी शेरिफको अफिसले हमलाकर्ता एक अस्थायी कर्मचारी थिइन् जो सधैं झैं काममा आएकी थिइन् । उनले सुरुमा ९एमएम ग्लक ह्यान्डगनले औषधी वितरण केन्द्रमा फायरिङ सुरु गरिन् ।

त्यसपछि क्याम्पसमा छिरेर गोली चलाउन थालिन् । घटनाको पाँच मिनेटभित्रै पुलिस पुग्दा पनि महिलाले तीनजनाको हत्या गरिसकेकी छिन् ।

एजेन्सी