प्रेम सुनार,
गुल्मी जिल्लाका भुकम्प पिडित परिवार र यहाँको एक विद्यालयलाई एभ्रेष्ट ईन ग्रुप युकेले दुई लाख मुल्य वरावरको जिन्सी सहयोग गरेको छ । त्यस ग्रुपका अध्यक्ष एवं एन आर एन युके का सल्हाकार तथा गुल्मि जिल्ला समाज युके का सल्हाकार समेत रहेका गुल्मी हुँगा–५, भानपोखराका पशुपति भण्डारीले उक्त सहयोग गरेका हुन् ।
भण्डारीले सदरमुकाम तम्घासमा आज एक समारोहका विच जिल्ला विपद व्यवस्थापन समितिलाई २८ वण्डल जस्ता पाता हस्तान्तरण गरेका छन् । त्यस्तै उनले जनवोध उच्च माध्यामिक विद्यालय वम्घा रानाीवासलाई पनि ८ वण्डल जस्ता पाता त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवालीलाई हस्तान्तरण गरेका छन् ।
वेलायतमा रहेका त्यस ग्रुपका छ वटा शाखाको एक दिनको सम्पुर्ण व्यापार तथा प्रत्येक शाखामा एक दिन च्यारिटी कार्यक्रम समेत गरेर १० लाख रकम नेपल सरकारलाई एनआरएनए मार्फत दिएको त्यसका अध्यक्ष भण्डारीले बताए । त्यस मध्ये दुई लाख रुपैयाँ गृह जिल्लाका भुकम्प पिडितका लागि छुट्टाएको उनको भनाई रहेको छ । उनले एनआरएनए, हेल्प नेपाल, माईती नेपाल, छाहरी नेपाल, शेर्पा फाउडेशन, हाम्रो घर लगायतका संघ संस्था मार्फत सहकार्य गरेर नेपालका विभिन्न भुकम्प ग्रस्त जिल्लाको अवलोकन गरी सहयोग हस्तान्तरण गर्न आएको बताए ।
उक्त ग्रुपले दिएको सहयोग ग्रहण गर्दै जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले कृतज्ञता जाहेर गर्दै थप सहयोगका लागि पहल गरी दिन एनआरएनएलाई अपिल समेत गरे । हस्तान्तरण कार्यक्रममा गुल्मी क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारी र स्थानिय विकास अधिकारी डिलाराम पन्थी लगायतको सहभागिता रहेको थियो ।श्रोत गुल्मी न्यूज़ डट कम








![1622227_10202654227931112_3499445670544222391_n[2]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/1622227_10202654227931112_3499445670544222391_n2-300x198.jpg)
![1463696_551094671634929_613197_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/1463696_551094671634929_613197_n1-300x190.jpg)