लन्डन । नेपाली राजदुतावास टोकियो र एनआरएनए जापानको विशेष पहलमा पुन एक वर्ष टोकियो बससँग सम्झौता भएको छ । नेपाली राजदुतावास टेकियोका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, एनआरएनए जापानका अध्यक्ष टासि वाङदी लामा र टोकियो बस बिच पुन एक बर्षको लागि नेपाली राजदुतावास टोकियोमा करारनामामा हस्ताक्षर भएको हो।
यो सुविधान ( २०१५ १७ ) सुदन थापाको नेतृत्व हुँदा यो अभियान थालनी गरिएको थियो । यो सुबिधा २०१७ अक्टुवर १ तारिक बाट प्रारम्भ भएको र यहि अक्टुवरमा क़रार सकिएकाले नवीकरण भएको हो । सो सेवा लिएवपात ब्यवसायिलाई बार्षिक ४ लाख २० हजार शुल्क भुक्तानि गर्नु पर्छ।
नेपाली राजदुतावास टोकियो कार्यालय पत्ता लगाउन बस सेवाबाटै जानकारी दिने उद्देश्यले यो सुविधा थालनी गरिएको हो । मेगुरो बस स्टेशनबाट राजदुतावास जानेलाई यो सुविधा उपलब्ध गराइएको छ ।






