लण्डन । हरितालिकाको दिन पारेर मिर्गौला रोगबाट पीडित गुल्मीको रेसुङ्गा नगरपालिका ३ निवासी श्रीमती रुमकला घर्तीलाई बेलायतका गुल्मेलीहरुले सहयोग गरेका छन् ।
३५ वर्षीया रूमकला घर्ती मगर छ वर्षदेखि मिर्गौला रोगबाट पीडित छिन् । एक छोरी र दुई छोराकी आमा रुमकलाको सहयोगका लागि गुल्मेलीहरुले ५ लाख ४ हजार ४५० रुपियाँ सहयोग गरेका छन् ।
गुल्मी रेसुड्गा नगरपालिका निवासी हाल बेलायतबासी बल थापा मगरको संयोजनमा ज्ञान छन्त्याल, चित्रबहादुर थापा, भेषबहादुर छन्त्याल, भेखबहादुर छन्त्याल लगायतको पहलमा बेलायतबासी गुल्मेली र गैर गुल्मेलीहरूसंग सहयोग सङ्कलन गरिएको छन्तेल र थापामगरले जानकारी दिनुभयो । रूमकलालाई टिचिङ हस्पिटल काठमाण्डौँमा सुबेदार गुमानसिङ थापा र कृष्ण छन्त्यालको रोहबरमा हस्तान्तरण गरिएको थियो ।
त्यसै गरी गुल्मी जिल्ला समाज युकेका सस्थापक अध्यक्ष ओम प्रसाद थापा काउचा संग पर्मर्शमा उन्ले यस पुन्य कार्य अगी बढाउन बिषेस सल्लाह लिनुका साथै सोचे भन्दा राम्रो रकम संकलन गर्न सफल भएको बताए ।
रुमकलाले तिज पर्वको दिन बेलायतबासी गुल्मेली माईलीको सहयोगले पुनर्जन्म पाउन सफल हुने विश्वास व्यक्त गरिन् । उनले सबै बेलायतबासी गुल्मेली र गैर गुल्मेली मनका धनी परोपकारीहरुलाई धन्यवाद दिइन् ।






