स्वामी अरुणसंग बेलायतमा ध्यान शिविर

लण्डन । काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले

विगत वर्षहरुजस्तै यो वर्ष पनि बेलायतमा तीनदिने आवासीय ध्यान शिविर सन्चालन गर्नुहुने आयोजकहरुले जनाएका छन्।

उहाँ यही अगष्ट २१ तारिखका दिन लण्डन आइपुग्दै हुनुहुन्छ।

आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले यही अगष्ट २४  देखि २७ तारिखसम्म बर्मिङघम नजीकै बस्वर्थ हाल होटेल एण्ड स्पा, बसवर्थ CV13 0LP मा ध्यान शिविर सन्चालन गर्नुहुने बताइएको छ।

शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले shankardhakal@hotmail.com  मा सम्पर्क गरेर  आफ्नो स्थान सुरक्षित गर्न आयोजक ओशो क्याम्प युकेले आग्रह गरेको छ।

यसैगरी स्वामी अरुणले अगष्ट २९ तारिख अपरान्ह साउथहलस्थित श्री राम मन्दिरमा आयोजना गरिने एक सत्संगमा आध्यात्मिक र भौतिकरुपमा कसरी सुखी बन्ने भन्ने विषयमा प्रवचन दिनुहुनेछ। सो कार्यक्रम विश्वहिन्दु महासंघ युकेसंगको सहकार्यमा आयोजना गर्न लागिएको हो।

स्वामी अरुणले ह्याम्पस्टेडस्थित ओशो समर्पण ध्यान केन्द्रमा अगष्ट २३ तारिख तथा डार्टफोर्ड स्थित ओशो आनन्दबोधी ध्यानकेन्द्रमा अगष्ट २८ तारिखका दिन पूर्ण दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुने पनि आयोजक ओशो क्याम्प युकेले जनाएको छ।

संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।

 “राजनीति होस् वा सार्वजनिक जीवनआफ्नो परिवारमा होस् वा व्यवसायमा सुखशान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” स्वामी अरुणले भन्नुभयो।

 

https://www.oshoanandbodhilondon.co.uk/2018-Meditation-retreat.html  मा गएर ध्यान शिविरबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।