बंगलादेशमा बालकको हत्यामा संलग्न ६ जनालाई फाँसी

­काठमाडौं, कार्तिक २३ । बंगलादेशमा १३ बर्षिय एक बालकको हत्यामा संलग्न ६ जनालाई फाँसीको सजायँ दिइएको छ ।
बंगलादेशको सिल्हट जिल्लामा ती बालकलाई कुटपीट गरी हत्या गरेको अभियोगमा पक्राउ परेकालाई बंगलादेशको उच्च अदालतले फाँसीको सजायँ दिएको हो ।
रिक्सा चोरेको आरोपमा बालकलाई कुटपीट गरेको दृष्य सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि अभियुक्तहरुलाई फाँसीको सजायँको माग गर्दै बंगलादेशभर बिरोध प्रदर्शन भएको थियो । (एजेन्सी)