नेपाली राष्ट्रिय टोली घोषणा

अखिल नेपाल फुटबल संघ एन्फाले भारतसंग हुने विश्वकप फुटबल छनोट खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गर्ने भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी राष्ट्रिय टोलीको घोषणा गरिने भएको हो । तीन सातादेखि बन्द प्रक्षिणमा रहेका ३० जना खेलाडिबाट अन्तिम टोलीको घोषणा गरिने एन्फाले जनाएको छ । प्रारम्भिक छनोटमा नेपालले मार्च १२ र १७ मा भारतसंग प्रतिसपर्धा गर्नेछ । होम एन्ड अवेका आधारमा खेलाइने पहिलो खेल भारतको गुहाटीमा हुनेछ । दोस्रो खेल भने काठमाण्डौंमा नै हुनेछ । विश्वकपका लागि एसियाली राष्ट्रका अन्तिम स्थानमा रहेका १२ देशको प्रारम्भिक छनोट खेलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको हो ।