पोखरा– राष्ट्रिय लिग सुरु हुन पाँच दिन मात्र बाँकी रहँदा ‘ए’ डिभिजनका दुई प्रतिद्वन्द्वी थ्री स्टार क्लब र नेपाल पुलिस क्लब शनिबार मनकामना केवलकार पोखरा कपको उपाधिका लागि भिड्दैछन्। लिग च्याम्पियन लक्ष्मी हुन्डार्ड मनाङ मर्स्याङ्दीलाई हराउँदै पुलिस र एपिएफलाई पन्छाउँदै थ्री स्टारले फाइनल भेट पक्का गरेका थिए।
उपाधि जित्नेमा दुवै टोलीका प्रशिक्षक दृड छन्। पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले उपाधि जित्नकै लागि पोखरा आएको बताए। ‘राम्रो प्रदर्शन गर्न मात्र होइन। उपाधि जित्ने लक्ष्यका साथ आएका हौं,’ पुलिसलाई तीन पटक लिग च्याम्पियन बनाइसकेका श्रेष्ठले भने।
थ्री स्टारका प्रशिक्षक अन्जन केसी पुलिसलाई बलियो प्रतिद्वन्द्वी मान्छन्। ‘पुलिसका खेलाडी फिट छन्। मनाङलाई हराएको टोलीलाई कमजोर भन्न सकिँदैन,’ उनले भनेे, ‘तर त्यसको अर्थ हामी कमजोर छैनौं। हरेक दिन हाम्रो प्रदर्शनमा सुधार आइरहेको छ। हाम्रो जित्ने आधार त्यही हो।’
अघिल्ला खेलका गल्ती सुधार्न सके फाइनल जित्ने श्रेष्ठको विश्वास छ। ‘थ्री स्टारसँग अनुभवी खेलाडी छन्। त्यसैले हामीले मेहनत गर्नुपर्छ। थ्री स्टार ‘अलस्टार’ टोली हो। त्यसैले सजिलो छैन। विपक्षीको कमजोरीमा फाइदा उठाउन सके उपाधि जित्न सकिन्छ।’
केसीले पनि कम गल्ती गर्ने टोलीले उपाधि जित्ने बताए। ‘जसले ९० मिनेट नै राम्रो खेल्छ, उसैले जित्ने हो। अनुभवी खेलाडी हुनुको फाइदा हामी उठाउन सक्छौं,’ उनले भने। –
पुलिस र थ्रीस्टारका कप्तान शुक्रबार ट्रफि उचाल्दै।
काठमाडौं, २८ साउन । नेपाल साफ अण्डर–सिक्सटिन फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशको सिल्हेटमा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा माल्दिभ्सलाई अफ्गानिस्तानले हराएपछि नेपाल […]
आइसीसी डिभिजन २ को दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध २ विकेटले विजयी भएको छ। नामिबियामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेरदरल्यान्ड्सले १ बल अगावै अलआउट […]
काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पेटमा समस्या भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । खड्काको आन्द्रामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार […]