हङकङमा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिने

लन्डन । हङकङमा च्यारिटी डिलर कार्यक्रम आयोजना गरिने भएको छ । मकवानपुर जिल्लाको कैलाश नगरपालिकाका भार्तामा अवस्थित चेपाङ समुदायमा हेल्थ पोस्ट भवन निर्माणका लागि च्यारिटी डिनर आयोजना गरिन लागिएको हो ।

कार्यक्रम संयोजक प्रभिता राईका अनुसार मकवानपुर जिल्लाको कैलाश नगरपालिकाका भार्तामा अवस्थित चेपाङ समुदायका लागि हेल्थ पोस्ट भवन निर्माणको सयोगार्थ आगामी अगस्ट १९ तारिखका दिन च्यारिटी डिनर कार्यक्रम आयोजना गरिनेछ ।

संयोजक राईका अनुसार भवन निर्माणको लागि कुल लागत ४० लाख लाग्ने भएपनि एउटा कोठा निर्माणमा लाग्ने करिब ७ लाख वरावर सहयोग गर्ने प्रतिबद्धताअनुसार सो डिलर कार्यक्रम आयोजना गरिन लागिएको हो ।

नेपाली महिला संघ हङकङले आयोजना गरेको प्रथम मिसेस हङकङ नेपाल २०१८ का बिजेता मिसेस हङकङ पभिता राईको संयोजकमा र सम्पूर्ण टिमको आयोजना तथा मिस नेपाल वल्र्ड २०१८ की श्रृंखला खतिवडाको परिकल्पना र योजनामा सो कार्यक्रम गर्न लागिएको हो ।