लन्डन । नेपालको हेटौँडा–४ चिल्ड्रेन पार्कमा रहेको नेपाल जर्नी पव्लिक पुस्तकालयको गैरआवासिय नेपाल महासंघ (एनआरएन) का अध्यक्ष भवन भट्टले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
४० लाख रुपैँयाको लागतमा संचालनमा आएको पुस्कालयका लागि नेपाल जर्नीले ३० लाख रुपैँया सहयोग गरेको थियोे भने १० लाख रुपैँया विभिन्न दाताबाट संकलन गरिएको थियो । पुस्तकालयमा ४५ हजार पुस्तक रहेको यसको व्यवस्थापन हेरिरहेको बम्हकुमारी राजयोग हेटौँडाले जनाएको छ ।
सो अवसरमा बोल्दै एनआरएन अध्यक्ष भट्टले सामुदायिक हितमा पुस्तकालयको ठूलो महत्व रहेको बताउँदै यसको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले एनआरएनले पनि संस्थागत रुपमा सामाजिक हितमा काम गरिरहेको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिने बताए ।
देशको आर्थिक समृद्धिमा टेवा पु¥याउन गैरआवासिय नेपालीहरु सधैं तत्पर रहेको भन्दै उपयुक्त वातावरणको खाँचो रहेको बताए ।






