काठमाडौँ– २० दिनयता जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले काठमाडौँबाट गएको सरकारी टोलीसँग भेट्न अस्वीकार गरेका छन् ।
शिक्षा मन्त्रालयका सचिव गुणराज लोहनीको नेतृत्वमा गएको टोलीसँग डाक्टर केसीले भेट्न अस्वीकार गरेका हुन् । जुम्लास्थित केसीको अनसनस्थलमा रहेका उनका भाइ किशोरले दाइलाई पक्राउ गरेर काठमाडौं लान खोजेको आरोप लगाए ।
केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै सरकारले आज केसीलाई काठमाडौं ल्याउन जुम्लामा हेलिकप्टर पठाएको थियो । तर, केसीले आफ्नो उपचार यहीँ सम्भव रहेको भन्दै काठमाडौं आउन अस्वीकार गरेको बताइएको छ ।
केसीका भाइ किशारेले भने, ‘सरकारले जबरजस्ती गिरफ्तार गरेर काठमाडौँ लाने जस्तो ब्यवहार देखाएको छ । हामी यस्तो हुन दिनेछैनौं ।’
किशोरले थपे । “यहाँ आईसियू भेन्टीलेटर सबै छ, सरकारको काठमाडौ लाने एउटा बाहाना मात्रै हो, त्यसैले हामीले भेट्न मानेका छैनौँ , वार्ता सफल नभएसम्म हामी काठमाडौँ लान दिनाँै ।’
जुम्लाबाट गोविन्द केसीका भाइले भने– दाइलाई सरकारले पक्राउ गरेर काठमाडौं ल्याउन खोज्यो






