सूचना प्रविधिको क्षेत्रमा कृत्रिम बौद्धिकता विकास गर्नमा वैज्ञानिकहरु सफल भएको समाचार संसारभरि फैलँदैगरेको अवसर पारेर बेलायत बस्ने नेपालीहरुको एक समुहले लण्डन इस्टिच्यूट अफ इन्फरमेसन टेकनोलजी नामको सूचना प्रविधि तालिम केन्द्रको सुरुवात गरेका छन् । बेलायत बस्ने नेपालीहरुले ब्यवसाय विकास गर्ने क्रममा नयाँ फड्को मार्दै पूर्वी लण्डनको वुलवीच क्षेत्रमा मुख्य कार्यालय सञ्चालन हुने गरी मार्च १ गते आइतबारबाट सुरु गरिएको बिजनेश टेनट्याकल्सली. नेपाल बाहिर गएका नेपालीहरुले रोजगारीको परिधिबाट फड्को मारेर ब्यवसाय क्षेत्र विस्तार गर्नमा सफलता पाउँदै गएको नमुनाका रुपमा लिन सकिन्छ।
एनआरएन, यूकेका अध्यक्ष महेन्द्र कणेलले नेपालीद्वारा सञ्चालित हुने सूचना प्रविधिसम्बन्धी उक्त ब्यवसायको उद्घाटन कार्यक्रमको सम्बोधनका क्रममा नेपालीहरुले विभिन्न ब्यवसायसङ्गै सूचना प्रविधि क्षेत्रमासमेत चासो बढाएकोमा खुसी ब्यक्त गर्दै उत्साही नेपाली ब्यवसायीहरुलाई संस्थागत र ब्यक्तिगत तवरबाट सहयोग र समर्थन गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कम्पनी कार्यालयमा सञ्चालन गरिएको उद्घाटन समारोहमा गृनवीच फोरमका अध्यक्ष राम अधिकारीले नेपाली ब्यवसाय थपिनु भनेको हाम्रो समुदायले एक नयाँ फड्को मारेको हो भन्ने दावी गर्दै हर्ष प्रकट गर्नुभयो । सम्बोधनका क्रममा कम्पनीका डाइरेक्टर दीपक गैरेले नेपाली समुदायको हितसम्बन्धी सेवाहरुमा विशेष छुट तथा सहयोग प्रदान गर्नका साथै नेपाली ब्यवसाय फस्टाउनमा सूचना प्रविधिको माध्यमबाट कम्पनी र ब्यक्तिगत तवरबाट हर सम्भव कोशीस गरिने दृढता जनाउनु भएकोछ ।
बीसौ सताब्दिको अन्त्यतिरबाट बेलायतमा सुरुभएका नेपाली समुदायका ब्यवसायहरु मध्ये रेस्टुरेन्ट क्षेत्रबाट फस्टाउँदै अध्यापन (कलेज) दैनिक उपभोगका सामाग्री र गरगहनाका पसल हुँदै फाट्टपूट्ट रुपमा फारमेसीलगायत नर्सिङहोमका रुपमा पनि थपिँदै गएका छन् । यसैक्रमलाई निरन्तरता दिँदै ब्यवसाय थप गरिएको प्रशङ्ग उजागर गर्दै अर्का डाइरेक्टर जयन कर्माचार्यले कम्पनीको उद्देश्य र क्रायक्रम बारे प्रकाश पार्नुभएको थियो।
बेलायतमा फस्टाउँदैछ नेपाली व्यवसाय






