काठमाडौं, २१ फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस–एमालेबाहेक अन्य दलहरु क्षेत्रीय, जातीय र एनजिओ मात्र भएको दाबी गरेका छन् । पार्टी मूख्यालय बल्खुमा आज विहान आयोजना गरिएको ‘४२ आंै सहिद स्मृति दिवस’ को अवसरमा अध्यक्ष ओलीले कांग्रेस र एमालेसँंगमात्र राजनीतिक दलको चरित्र भएको र अरु सबै एनजीओ मात्र भएको दाबी गरे ।
करोडौं खर्चेर सर्वसाधारण काठमाडौं ल्याउंदैमा आन्दोलन सफल भएको भ्रममा नपर्न र आन्दोलनको नाममा जनता नभड्काउन प्रतिपक्षी मोर्चालाई आग्रह पनि गरे । त्यसैगरी ओलीले आजै राजधानीमा आयोजना गरिएको यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा संविधान लेखनको प्रक्रियालाई अल्पमत र बहुमत नभन्न विपक्षीहरुलाई आग्रह गरे ।
कार्यक्रममा यदु स्मृति प्रतिष्ठानले हिंसा, हत्या विरुद्धका सशक्त कलम चलाएको भन्दै अन्नपूर्ण पोष्ट दैनिकका बरिष्ठ संवाददाता बालकुमार नेपाललाई यदु स्मृृति पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । पुरस्कारको राशी १५ हजार रुपैयां रहेको छ ।
कांग्रेस एमालेबाहेक अरु एनजिओमात्र






