चार्ल्टनमा जुलाई २२ मा हुंदैछ यस्तो रमाइलो

लण्डन । चाल्र्टन नेपाली समाजले हरेक वर्ष गर्दैै आएको समर बारबीक्यू कार्यक्रम यहि जुलाई २२ मा आयोजना हुंदैछ ।

चार्ल्टनस्थित मेरिडियन स्पोर्ट क्लबको मैदानमा बिहान ११ बजेदेखि सांझ ८ बजेसम्म कार्यक्रम तय भएको छ । विगतमा जस्तै यस वर्ष पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुसहित यो कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष टंक कंडेलले लण्डन नेपाल न्यूज डटकमका प्रधानसम्पादक शिव भण्डारीसंगको टेलिफोन कुराकानीमा बताए ।

गत वर्षको कार्यक्रमको लागि पनि खानाको राम्रो व्यवस्थापन गरेका रेष्टुरेन्ट व्यवसायी भोजराज कंडेललाई यसपटक पनि खाना उपलब्ध गराउने जिम्मेवारी दिइएको छ । कार्यक्रममा सहभागिताका लागि ५ वर्ष मुनिकालाई निशुल्क, ५ देखि १० वर्ष सम्मका लाई ५ पाउण्ड तथा १० वर्ष माथिकालाई १२ पाउण्डको टिकट राख्ने निर्णय गरिएको छ ।

कार्यक्रमस्थलमा आफनो व्यवसाय तथा विभिन्न सेवामुलक कार्यक्रमको प्रचारप्रसारको लागि स्टल राख्न ईच्छुकहरुलाई २० पाउण्डको शुल्क लिएर ठाउं उपलब्ध गराइने भएको छ ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न ईच्छा राख्ने बालबालिकाहरुको लागि सम्बन्धित बाबुआमाहरुलाई आयोजकसंग सम्पर्क राख्न आग्रह गरिएको छ ।

बैठकले समाजले हरेक वर्ष गर्दै आएको तीज विशेष कार्यक्रम अगस्ट २७ का दिन आयोजना गर्ने निर्णय समेत गरेको छ । समाजका अध्यक्ष टंक कंडलेले कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण साउथ ईस्ट लण्डनबासी नेपालीहरुलाइ अपील गरेका छन् ।कार्यक्रम हुने स्थानको विवरण यसप्रकार छ —