कुलमानले उद्योगीलाई भने–तपार्इंहरु उद्योग चलाउनुस्, चौविसै घण्टा विद्युत दिन्छौँ

????????????????????????????????????

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत नभएर उद्योग सञ्चालन गर्न पाएनौँ नभन्न उद्योगी ब्यावसायी आग्रह गरेका छन् ।

विशेष आर्थिक क्षेत्र (सेज) भैरहवाले सेजनसँगको सहकार्यमा काठमाडाँैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै घिसिङले सेजमा आवश्यक पर्ने विद्युत आफुहरुले उपलब्ध गराउन जतिवेला पनि तयार रहेको बताए ।

अहिले सेजमा २३ वटा उद्योगको लागि १३.५ मेगावाट विद्युतको माग छ । सेजमा उद्योग सञ्चालन गर्ने व्यवसायीले विद्युत नभएर उद्योग सञ्चालन गर्न नपाएको गुनासो गर्दै आएका छन् । तर, यता घिसिङले आफुहरुसँग सेजका कुनै पनि प्रतिनीधिले एक किलोवाट समेत विद्युत माग गर्न नआएको उल्लेख गरे ।

उनले भने, ‘सेजमा सबै उद्योगहरु एकै पटक सञ्चालन हुन्छ भन्ने लाग्दैन । सबै सञ्चालनमा आएपनि हामी विद्युतको माग पुर्याउँन तयार छौँ ।’

विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले कुलमानबाट आफुहरुले विद्युतका लागि आस्वाश्वन पाएकाले अव समस्या नहुँने बताए ।

अहिले सेजमा २६ वटा उद्योगले सञ्चालनका लागि दर्ता गरेको पनि उनले बताए ।

यता उद्योग मन्त्रालयको प्रतिनिधित्व गर्दै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराइले निर्यात प्रवद्र्धनका लागि उद्योगीहरुलाई सहज हुने गरी आफुहरुले ऐन÷कानुन संसोधन गर्नुपरे सन्तुलनमा राखेर परिमार्जन गर्न पछि नहट्ने उल्लेख गरे ।

विशेष आर्थिक क्षेत्र सेजमा सम्पूर्ण पुर्वाधारको विकास भइसकेको छ ।

भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति

सेजमा स्थापित उद्योगले ७५ प्रतिशतसम्म उत्पादन निर्यात गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

सेजभन्दा बाहिर रहेका उद्योगका लागि त्यस्तो बाध्यात्मक अवस्था सृजना गरिएको छैन । तर सेज भित्रका उद्योगलाई सरकारले विशेष सहुलियत पनि दिन्छ ।

७.७६ अर्ब रुपैयाँ लगानी रहेको भैरहवा सेजमा २६ उद्योगले सञ्चालनको अनुमति लिएका छन् ।

यसबाट ५ हजार ४ सय ५२ जनाले रोजगार पाउँछन् । यो क्षेत्रभित्र १३.५ मेगावाट विद्युतको माग छ ।

चीनबाट ७० को दशकमा शुरु भएको विशेष आर्थिक क्षेत्रको अवधारणाले नेपालमा प्रवेश पाएको लामै भइसक्यो तर हालसम्म सञ्चालनमा आउन सकेको छैन ।