पुनःनिर्माणको आशमा भूकम्पपीडित

earthquakeमेलम्ची- भूकम्पबाट सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको सिन्धुपाल्चोकका भूकम्पपीडित अहिलेसम्म टहरोमा कठिन जीवन बिताउन बाध्य छन् ।

भूकम्प गएको लामो समयसम्म पनि पुनःनिर्माणको काम अगाडि नबढ्दा जिल्लाको हेलम्बु, गुन्सा, गुम्बा, सेलाङलगायतका अति विकट गाउँका भूकम्पपीडितले कष्टकर दैनिकी काट्नु परेको हो ।

हिउँको चिसो, बर्खायाम, पहिरोको समस्या झेल्दै आएको एक वर्ष बितिसक्दा पनि अझै पुनःनिर्माणले गति नलिँदा पीडितले यो बर्खामा पनि टहरामै गुजार्नुपर्ने देखिएको गुन्सा गाविसका स्थानीय काले गोलेले बताउनुभयो ।

वर्षामा यहाँ सवारीसाधन नचल्ने भएकाले स्थायी आवास निर्माणका लागि दिने रकम छिटो वितरण भए पीडितले वर्षाका लागि आवश्यक सामग्री जोहो गर्न पाउने थिए ।

त्यस्तै किउल गाविसको शेर्माथाङमा पनि यस्तै समस्या छ । भूकम्पपछि कष्टकर जीवन गुर्जादै आएका ह्यल्मोवासीको बाहूल्यता रहेको उक्त गाउँका बासिन्दा अहिले पनि पालमै छन् ।