पूर्वप्रहरी परिवार संघ यूकेद्वारा लन्डनमा डीआईजी निरौलालाई सम्मान [ भिडियो सहित ]

लन्डन– पूर्वप्रहरी परिवार संघ बेलायतले डीआईजी गोविन्द निरौलाको सम्मानमा पश्चिम लन्डनस्थित चौतारी रेस्टुरेन्टमा ९ नोभेम्बर बिहीबार कार्यक्रम गरेको छ । संघका अध्यक्ष वाचस्पती रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि निरौलाले नेपालको सुरक्षा प्रणालीमा व्यापक सुधार भएको उल्लेख गर्दै बेलायतमा रहेका पूर्वप्रहरी परिवारलाई आवश्यक सुझाव दिन अपिल गरे ।

विशेष अतिथि एनआरएनए यूकेका महासचिव आर.के. त्रिपाठीले पूर्वप्रहरी परिवारले गरेको लोककल्याणकारी कार्यको प्रशंसा गर्दै एनआरएनए यूके संघसँग सहकार्य गर्न तयार रहेको बताए । संघका अध्यक्ष रेग्मीले विपतमा आफूहरुले ठूलो सहयोग गरेको विवरण प्रस्तुत गरे । संघका उपाध्यक्ष गंगा रानाले सञ्चालन गरेको कार्यक्रममा शिब जी श्रेष्ठ ,रामसुन्दर शाह, रितेश पाण्डेय, कृष्ण दाहाल, शिव भण्डारी, लगायतको उपस्थिति थियो ।