लन्डन– नेपाली कांग्रेसका युवा नेता तथा उद्योगमन्त्री नविन्द्रराज जोशी शनिवार बेलायत आउने भएका छन् ।
नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहकार चिरन्जीवी ढकालका अनुसार जोशी इतिहाद एरवेज मार्फत शनिबा बिहान ७ बजे लण्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिदैं छन् । मन्त्री जोशी आइतवार नेपाली दूतावास लन्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक कार्यशालामा सहभागी हुने कार्यक्रम छ ।
मन्त्री जोशीले मंगलवारदेखि बेलायतस्थित सांसद तथा सरकारी उच्च अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रमतय गरिएको छ। नेपाल बेलायत सम्बन्ध कायम भएको दुई सय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित नेपाली दूतावासमा आयोजित समापन कार्यक्रममा समेत सहभागी हुने बताएको छ ।
यसै बीच मन्त्री जोशी बेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिद्वरा आयोजित अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुने छन् ।
यसैबीच सल्लाहकार एवं कार्यक्रम संयोजक शेरबहादुर सुनारले पूर्वप्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसमा हुने कार्यक्रममा उपस्थित हुन जनसम्पर्क समितिका सम्पूर्ण नेता, अग्रज एंव शुभचिन्तकहरुमा अनुरोध गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि मन्त्री जोशी रहने सुनारले जानकारी दिए ।
सम्पर्क: Mob: 07899704899
मितिः Sunday, 19 March 2017
समयः 6pm स्थानः Himalayan Club,
Waterford Road Wembley, HA0 3EP






