तिलोत्तमा (रुपन्देही), २१ मङ्सिर । पाँच नम्बर प्रदेशका केही जिल्ला हेरफेर हुने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै एक हप्तादेखि बुटवलमा जारी बन्द आज साँझदेखि फिर्ता भएको छ ।
नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले आन्दोलनको स्वरुप परिवर्तन भएको भन्दै बन्दका कार्यक्रम फिर्ता लिइएको बताउनुभयो । उहाँले संशोधन प्रस्ताव छलफल नहुँदासम्म बन्दका कार्यक्रम फिर्ता लिइएको बताउनुभयो ।
एक हप्तादेखि बुटवलमा बन्द, हड्ताल हुँदा उद्योगी, व्यापारी, विद्यार्थीलगायत सर्वसाधारण मर्कामा परेका थिए ।






