काठमाडौं । अभ्यास खेलमा शुरुमा अग्रता लिएको जर्मनीलाई अस्ट्रियाले २-१ ले हराएको छ । विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको हो । विश्वकपको चार वर्ष अघिको विजेता जर्मनी सन् २०१८ मा हुन लागेको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको पनि छन् । रुसमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन अब ११ दिन बाँकी छ ।
११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन । ५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए। अस्ट्रिया यत्तिकैमा नरोकिइ ६९ मिनेटमा अर्को गोल पनि थप्यो । दोस्रो गोल अस्ट्रियाका लागि एलेसान्ड्रोले गरेका हुन् । त्यसपछि विश्व विजेता जर्मनी खेलमा फर्किन सकेन र २-१ को हार व्यहोर्न बाध्य भयो ।






