नयाँदिल्ली– आइपिएल डेब्युमा प्रभावशाली प्रदर्शन गरेका नेपाली खेलाडी सन्दीप लामिछाने आजको चेन्नईविरुद्धको खेलमा पनि परेका छन्।
अाइपीएलमा सन्दीपको यो दोस्रो खेल हो। यसअघि सन्दीपले भारतीय राष्ट्रिय टोलीका वर्तमान कप्तान विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका थिए।
खेलमा चेन्नइले टस जितेर बलिङ रोजेको छ।
प्लेअफबाट बाहिरिएसकेको दिल्लीका लागि यो प्रतिष्ठाको खेल मात्र हुनेछ। १२ खेल खेलेको दिल्लीले ३ खेल मात्र जितेको छ। १२ खेल खेलेको चेन्नई ८ जितका साथ दोस्रो स्थानमा छ। चेन्नईका कप्तान महेन्द्रसिंह धोनी छन् भने दिल्लीमा श्रेयास इयार छन्।






