अपराध महाशाखा प्रमुखमा धीरजप्रताप सिंह

काठमाडौं– गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धीरजप्रताप सिंहको सरुवा गरेको छ ।

उपत्यकाको अपराध अनुसन्धानको महत्वपुर्ण इकाई मानिने अपराध महाशाखामा वैशाख २ गतेको गृहमन्त्रीस्तरीय निर्णय अनुसार सिंहलाई पठाइएको हो ।

सिंह यसअघि सघीय प्रहरी कार्यालय वाग्मतीमा कार्यरत थिए ।

३३ किलो सुन प्रकरण र पूर्वमा सनम शाक्यको हत्या प्रकरणमा शंकास्पद भूमिका देखिएपछि चैत २३ गते महाशाखाका तत्कालिन एसएसपी विदेश लोहनीलाई गृहमन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो ।