लन्डन– नेपाली जनसम्पर्क समिति साउथ इष्ट क्षेत्रीय समितिले कांग्रेस नेता एवं पूर्वमन्त्री स्व. खुमबहादुर खड्काको स्मृतिमा शोकसभा गरेको छ ।
आइतवार पलमस्टेडस्थित चौतारी रेष्टुरेन्टमा भएको कार्यक्रममा खड्काले प्रजातान्त्रिक आन्दोलन तथा पार्टीमा खेलेको भूमिकाको सम्झना गरियो । कार्यक्रममा स्व. खड्काप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मौनधारण गरिएको थियो । साउथ इष्ट क्षेत्रीय समितिका सभापति भोजप्रसाद गुरुङको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीले खुमबहादुर खड्काको नेतृत्व क्षमताको प्रशंसा गरे । उनले खड्काको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताए ।
कार्यक्रममा जनसम्पर्क समितिका उपाध्यक्ष सुरज केसी,युवराज सिंह,पूर्वअध्यक्ष चेतनाथ खनाल,एनआरएन युकेका उप-महासचिव विनय अधिकारी, पत्रकार खेमराज रानाभाट, विद्यार्थी नेता मन्दिप केसी, सहमहामन्त्री उपेन्द्र पौडेल, रेशम बस्याल र बुद्ध फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठ, महासचिव अर्जुन कटुवाल, एनआरएन महिला संयोजक लिलादेवी गुरुङले पनि खड्काको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन जनसम्पर्क समितिका सहकोषाध्यक्ष कुश बस्नेतले सञ्चालन गरेका थिए ।






