ओलीलाई ‘दवाव’ मा राख्न छाया सरकार बनाउने यस्तो छ कांग्रेसको तयारी

g]sfF ;+;bLo bnsf] a}7s g]kfnL sfFu|]; ;+;bLo bnsf] sfof{nodf zlgaf/ a;]sf] ;+;bLo bnsf] a}7sdf g]sfF ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrG› kf}8]n, dxfdGqL 8f z+zfs sf]O/fnf nufot ;xefuLx? . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भइसकेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि संसदमा छाया सरकार बनाउने तयारी गरेको छ ।

सरकारका कामकारवाहीमा विशेष तथा शसक्त निगरानी गर्नका लागि कांग्रेसले संसदमा छाया सरकार बनाउन लागेको हो ।

कांग्रेसले छाया सरकार गठनको खाका सहित प्रस्तावबारे विधानमा नै समावेश गरि संसदीय दलमा छलफल गरिरहेको छ । कांग्रेस संसदीय दलको बैठक सिंह दरबारमा चलिरहेको छ ।

संसदीय दलको बैठकमा प्रधानमन्त्रीको कामको निगरानी गर्न संसदीय दलका नेतालाई छाँया प्रधानमन्त्री बनाउने र केन्द्र सरकारमा रहेका मन्त्रीहरुकै संख्यामा मन्त्री पनि बनाउने तयारी भईरहेको नेता गगन थापाले जानकारी दिए ।

छाया प्रधानमन्त्री र मन्त्रीहरुले आ आफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको कडा निगरानी गर्नेछन् । छाया सरकार गठन प्रदेश स्तरमा पनि गरिने नेता थापाले जानकारी दिए ।

अर्का नेता बालकृष्ण खाँडले संविधानको रक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धनका लागि कांग्रेसले प्रतिनिधि र राष्ट्रिय दुवै सभामा शसक्त भुमिका निर्वाह गर्ने बताए ।

नेपाली काग्रेस संघीय संसदका दुवै सदन र प्रदेशसभामा पनि प्रमुख प्रतिपक्षी दल हो ।
यसअघि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले पनि आफ्नो दलले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने घोषणा गरेका थिए ।
शुक्रबार पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकमा बोल्दै भट्टराईले यस्तो बताएका थिए ।

उनले भनेका थिए, ‘हामी स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने अवधारणामा जान्छौं, र समृद्धिको पक्षमा माहोल बनाउन लागिपर्छौं ।’

वाम गठबन्धनको बहुमतको सरकार रहेको अवस्थामा दवावमा राख्नको लागि कांग्रेस र नयाँ शक्तिले छाया सरकारको अवधारणा ल्याएको बुझिएको छ ।