काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आफूनिकट सांसदहरुसँग छलफल गर्दै जनतासामु माफी मागेर नयाँ चुनावमा जान निर्देशन दिएका छन् ।
बालुवाटारमा भएको विघटित संसदका आफू पक्षीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो हात बाँधेर काम गर्न नदिएकाले बाध्य भएर पछिल्लो निर्णयमा पुगेको बताए । त्यस्तै ओलीले आफूले गरेको संसद विघटनको निर्णयलाई सर्वोच्चले उल्ट्याउन नसक्ने समेत बताए ।
संसदको ६४ प्रतिशत बहुमतका आधारमा यो निर्णय गरेको भन्दै ओलीले यो निर्णयलाई अदालले उल्ट्याउन नसक्ने बताए ।






