बिद्रोही संगठन बोको हरामको कब्जामा रहेको नाईजेरियाको बागा सहरलाई त्यहाँका सेनाले मुक्त गरेका छन् । जनवरीदेखि कब्जामा रहेको भनिएको बागा शहर सेनाले बोको हरामबाट मुक्त गरेको हो । अहिले बागा शहरमा धेरै संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । कब्जामा लिएको अबधिमा बोको हरामले १ सय ५० भन्दा धेरै नागरिकको हत्या गरेको आधिकारिक तथ्याङक सार्वजनिक गरिएको छ । तर स्थानियले भने बोको हरामले २ हजारभन्दा धेरैको हत्या गरेको बताउँदै आएका छन् । तत्कालको लागि बागा शहर बोको हराम मुक्त गराएपनि फेरी कब्जामा लिन सक्ने आशंका गरिएको विविसिले लेखेको छ ।
पूर्वी युक्रेनमा संघर्ष विराम भएपछि सरकार र विद्रोहीले बन्दीहरु साटासाट गरेका छन् । आजबाट विद्रोहीहरुले आफूसँग भएका हतियारहरु पनि सरकारलाई बुझाउने छन् । बीबीसीका अनुसार ५२ जना विद्रोही र केही युक्रेनी सुरक्षाकर्मी रिहा भैसकेका छन् । रिहा गरिएकामध्य केही बैशाखीको साहारामा र केही ह्वील चेयरमा थिए । तर अहिलेसम्म बन्दी बनाइएकाहरुको संख्या भने एकीन भएको छैन । बन्दी साटासाटलाई फ्रान्स र जर्मनीको मध्यस्थतामा १२ फेब्रुअरीमा भएको युद्धविराम सम्झौताको पहिलो सफल कदम मानिएको छ । युक्रेनको केभस्थित सुरक्षा र सहायता सम्वन्धी युरोपेली निकायले कैयौं ठाउँहरुमा संघर्षविराम उल्लंघन भएका घटनाहरुका माझ प्रगतिका संकेतहरु देखिरहेको जनाएको छ ।
धपाइयो बोको हराम






