जनकपुरमा बैठक बस्दा बीरगञ्जमा बल्यो टायर

पर्सा– २ नम्बर प्रदेशको प्रदेश सभा बैठक जनकपुरमा बसिरहेका वेला वीरगञ्जमा भने प्रदेशको राजधानी माग्दै बन्द आव्हान गरिएको छ ।
राजधानी संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आइतबार वीरगञ्जआसपासको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरु बिहानै घण्टाघर आसपास जम्मा भएर प्रर्दशन गर्नुकासाथै केही सवारी साधनसमेत तोडफोड गरेका थिए ।

बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका हुन् । वि आर ०५ पी ए ३०४० नम्बरको भारतीय गाडी, नम्बर नखुलेका दुईवटा नीजि कारमा तोडफोड भएको हो ।
वीरगञ्जलाई प्रदेश नं २ को राजधानी घोषणा गनुपर्ने माग राखेर वीरगञ्जमा झण्डै डेढ महिनादेखि आन्दोलन चलिरहेको छ ।
उता, अस्थायी राजधानी तोकिएको जनकपुरमा आइतबार बसेको प्रादेशीक संसदको पहिलो बैठकमा सहिदको फोटो नराखेको भन्दै सांसदहरुले नियामापत्ति जनाएपछि केहीबेर बैठक स्थगित भएको थियो ।
बैठक सुरुहुनेवित्तिकै मधेस आन्दोलनका सहिदको तस्वीर नराखेको भन्दै राजपा सांसद मनिष सुमनले फोटो राख्न माग गरेका थिए ।

 

त्यसपछि सांसद डिम्पल झाले बैठक अघि बढ्न नसक्ने बताएकी थिइन् ।
मधेसी सांसदको प्रतिपादमा एमाले सांसदले बैठक सुचारु गर्न माग गरेका थिए । त्यसपछि केहीबेर बैठकमा हंगामा भएको थियो । लगत्तै सभामुखले फोटो खोज्न अहएका थिए ।