लन्डन । गैर आवासी नेपाली संघ जापानले नेपाली समुदाय माझ मार्च २८ तारिखका दिन,पहिलो पटक महिला भलिवल प्रतियोगीता आयोजना गर्ने भएको छ । भलिवल एशोसियसन जापानको विशेष सहयोगमा गैरआवासीय नेपाली संघ जापानले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
एनआरएन जापानका प्रवक्ता, पर्शु बस्नेतका अनुसार पहिलो पटक आयोजना गरिएको भए पनि,प्रतियोगितामा, धेरै भन्दा,धेरै महिला खेलाडीहरुको सहभागिता रहने विश्वास गरिएको छ । प्रवक्ता बस्नेतका अनुसार,आयोजक संस्थाले, केन्द्रीय सदस्य सृजना पाण्डेलाई प्रतियोगिताको संयोजनको जिम्मेवारी दिएको छ ।
प्रतियोगितमा सहभागिताका लागि फेब्रुअरी १५ तारिख सम्म टिम दर्ता खुल्ला गरिनेछ । टिम दर्ताका लागि ३० हजार जापानी येन शुल्क निर्धारण गरिएको छ । प्रथम हुने समुहलाई १ लाख ५० हजार जापानी येन नगद पुरस्कार सहित प्रमाणपत्र तथा ट्रफी, त्यस्तैगरी द्वितिय हुनेलाई समुहलाई ७० हजार जापानी येन नगद पुरस्कार सहित प्रमाणपत्र तथा ट्रफीको व्यवस्था गरिएको प्रवक्ता बस्नेतले जानकारी गराए ।






