शिब भण्डारी
लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट लन्डन आइपुगेका छन् ।
लण्डन आएसँगै उनलाई एनआरएन यूकेले विमानस्थलमा मै भब्य स्वागत गरेको छ अध्यक्ष भट्ट एनआरएन यूकेले अल्डरसटमा आयोजना गर्न लागेको लगानी सम्बन्धी कार्यक्रममा सहभागि हुन लन्डन आएका हुन ।
यस अघि उपाध्यक्ष पन्त आइतवार साँझ ८ बजे लन्डन आइसकेका छन् ।
यसै बीच आयरलेण्डका अध्यक्ष नवराज कोइराला, गणेशप्रसाई एनआरएन नेदरल्याण्ड अध्यक्ष मनोहरि शर्मा, आइसिसी सदस्य नारायण आचार्य किरण अर्याल निसान सापकोटालाइ पनि एक कार्यक्रम का बीच स्वागत गरिएको छ ।
कार्यक्रममा भाग लिन युरोप क्षेत्रीय संयोजक शिव कुमार वरुवाल, एनआरएन बेल्जियम अध्यक्ष लोक दाहाल,गोबिन्द सुवदी चिनिया दुलाल यस अघिनै लन्डन आइपुगेका छन् ।

यसअघि पूर्व अध्यक्ष तथा संरक्षक जिवा लामिछाने समेत कार्यक्रममा सहभागी हुने भनिए पनि प्राविधीक कारणले उनी भने कार्यक्रममा अनुपस्थित रहने भएका छन् तर उनले सोमवार दिउँसोको नेपालमा लगानी सम्बन्धि कार्यक्रमलाई भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्ने भएका छन् ।
गैरआवासीय नेपाली संघ यूकेले सोमवार दिउँसो भेटघाट रेष्टुरेन्टमा आयोजना हुने लगानी सम्बन्धी एक कार्यक्रममा सहभागी हुन वेलायत आउन लागेका हुन् ।
उनीहरुले सोमवार साँझ एनआरएन यूकेको आयोजना हुने स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । एनआरएन यूकेले सोमबार दिउंसो अल्डरसटमा राखेको कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपाल रहनेछन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ग्लोबल आइएमई बैंकका सिईओ चन्द्र ढकाल, बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी पनि कार्यक्रममा सहभागी रहने एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले जनाए ।






