चितवन– चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुन मतदान गर्नु रहर नभई बाध्यता भएको कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले प्रतिक्रिया दिएकी छिन् । दाहालले जनताको दोश्रो पटकको मतदानमा पनि उत्साहजनक सहभागीता रहेको र सकारात्मक परिणाम आउने विश्वास बढेको पनि बताइन् । भरतपुर महानगरको शारदा मावी मतदान केन्द्रमा अवलोकन गर्न पुगेकी उनले झरीका बिच पनि जनताले उत्साहजनक रुपमा मतदान गरिरहेको बताइन् ।
उनले भनिन्– दोश्रो पटक चुनाव गर्नु सबैका लागि खुसीको कुरा त होइन, कसैलाई रहर पनि थिएन । यो परिस्थितिको उपज थियो । दोश्रो पटक मतदान गर्न जनतालाई कठिनाई भएपनि भोलीको दिन सुखद हुनेछ । पुन मतदान हुनु चुनौतिपूर्ण रहेको र यो अवसर पनि रहेको उनले प्रतिक्रिया दिइन् ।
३३ प्रतिशत मत खस्यो
बिहान केहीबेर झरीले मतदातालाई अवरोध गरेपनि १० बजेपछि पानी रोकिएको छ । यद्यपी मौसम सफा भएका बेला मतदान केन्द्रमा कम मतदाता देखिएका छन् । निर्वाचन आयोगका अनुसार यहाँका ३ मतदान केन्द्रमा बिहान १०ः३० बजेसम्म ३३ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रुपमा चलिरहेको प्रहरीको भनाई छ ।
रेणुले भनिन्–दोश्रो पटक हालेको मतले सुखद भविष्य निर्माण हुन्छ






