‘हङकङ एआरएनए हाइक’ को तयारी पूरा

लन्डन । गैर आवासीय नेपाली संघ हङकङले आयोजना गर्न लागेको ‘हङकङ एआरएनए हाइक २०१८’को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली धावक सन्तोष पाख्रिनसहित अन्तराष्ट्रिय नेपाली धावक मिरा राई र पूर्ण तामाङको सहभागिता रहने हाइक कार्यक्रमको तयारी पूरा भएको एनआरएनए हङकङ अध्यक्ष टिका गुरुङले जानकारी दिइन्   ।

उनका अनुसार एनआरएन हाइक यही आइतबार जनवरी २१ तारिकका दिन आयोजना हुँदैछ । कामस्योङ रोडबाट ताइडोलसम्म हुने हाइक कार्यक्रमको लागि बिहान ९ बजे भेला भई करिब तीन घन्टामा समापन हुनेछ ।

एनआरएन हाइक २०१८ मा सहभागि हुनका लागि हङकङ डलर २०० प्रवेश शूल्क तोकिएको छ । सहभागिलाई आयोजकले संस्थाको नाम र लोगोसहितको एक भेष्ट, पानी र लञ्च बक्स उपलब्ध गराइने भएको छ ।