चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को फस्टलुक सार्वजनिक

लन्डन । चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को फस्टलुक सार्वजनिक भएको छ । कोरियोग्राफर रेनषा बान्तवा राईको डेव्यु निर्देशकिय चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को पहिलो लुक सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको पहिलो लोकमा चलचित्रमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर रोमान्टिक मुडमा देखिएका छन् । चलचित्रको बाँकी रहेको २५ प्रतिशत वसन्त ऋतुको समयमा चैत र वैशाखमा युकेमा नै छायाङ्कन गरिने निर्माण पक्षले बताएको छ । चलचित्रको नेपालको सबै र युकेको छायाङ्कनको पहिलो तालिका सहित ७५ प्रतिशत छायाङ्कन सकिएको छ ।