लन्डन– नेपाल पत्रकार महासंघ बेलायतले बेलायतमा गरेको च्यारिटी कार्यक्रमबाट संकलित कोषको सञ्चालनका लागि एक छुट्टै च्यारिटी दर्ता गरिने भएको छ । शनिबार फार्नबरोको गोर्खा प्यालेस रेष्टुरेन्टमा बसेको एक बैठकले च्यारिटी दर्ता गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगर, महासचिव लिलामान शेरपुञ्जा, सल्लाहकार भगिरथ योगी, एनआरएन यूके पूर्व अध्यक्ष सुर्य गुरुङ र डा राघव धिताल समेत गरी ५ जनालाई च्यारिटीको ट्रस्टीमा राखिएको छ । च्यारिटी दर्ताको प्राविधिक कामको जिम्मा एकाउण्टेन्ट एलएन घिमिरेलाई जिम्मा दिइएको छ ।
गुरुङ उक्त कोषका अध्यक्ष र शाखा अध्यक्ष खपांगी सदस्यसचिव रहनेछन् । बैठकले प्रतिबद्धताअनुसार च्यारिटीको रकम जम्मा गर्न सूचना पठाउने निर्णय भएको छ ।
गत मे महिनामा सम्पन्न च्यारिटी कार्यक्रममा प्रतिबद्दता आएको झन्डै ३३ हजार पाउन्डमध्ये केही रकम उठ्न अझै बाँकी छ ।
अध्यक्ष नरेश खपांगीको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन महासचिव लिलामान शेरपुञ्जाले गरेका थिए ।
बैठकमा सल्लाहकारहरु नविन पोख्रेल र हरिकाजी गुरुंग, वरिष्ठ उपाध्यक्ष श्याम लुईटेल, उपाध्यक्ष ध्रुबराज अर्याल, सचिव शिव भण्डारी, कोषाध्यक्ष पुुर्ण गुरुंग, सदस्य नरेन्द्र बस्नेत, सभासदहरु बाचस्पति रेग्मी, दूत पुन लगायत उपस्थित थिए ।






