इरान र इराकी सिमा क्षेत्रमा ७.३ रेक्टर स्केलको शक्तिशाली भुकम्प, १०४ जनाको मृत्यु, तीन सय बढि घाइते

SULAYMANIYAH, IRAQ - NOVEMBER 12: People wait at Sulaymaniyah Hospital's garden after a 7.2 magnitude earthquake hit northern Iraq in Sulaymaniyah, Iraq on November 12, 2017. (Photo by Feriq Ferec/Anadolu Agency/Getty Images)

इरान र उत्तरी इराकको सीमा क्षेत्रमा एउटा शक्तिशाली भूकम्प जाँदा दर्जनौं मानिसहरुको मृत्यु भएको छ । ७ दशमलव ३ रेक्टर स्केल मापन गरिएको सो भुकम्पबाट इरानमा अहिलेसम्म एक सय जनाको मृत्यु भएको छ । इरानी अधिकारीका अनुसार भुकम्पमा परि मारिनेको सख्या बढ्न सक्ने बताएको सिएनएनले जनाएको छ । भुकम्पमा परि ३ सय बढि घाइते भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै इराकमा मृत्यु हुनेको संख्या चार पुगेको बताइएको छ ।

 

इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पले सो क्षेत्रका बासिन्दा त्रसित भएका छन् । भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेका छन् । इराकको राजधानी बग्दादस्थित ठूला स्पीकरहरु राखेर प्रार्थना भइरहेका छन् । इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।