मंसिर ९ गते एकता हुने/नहुनेवारे बोले ओली, के भने ?

????????????????????????????????????

झापा- एमाले र माओवादीबीच मंसिर ९ गते नै पार्टी एकता हुने विषयमा आएका समाचारको एमाले अध्यक्ष केपी ओलीले खण्डन गरेका छन् । एमाले अध्यक्ष ओलीले मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।

झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रममा ओलीले भने, ‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, यो कहाँबाट आयौ खै । मैले प्रचण्डजीलाई फोन गरेर पनि सोधें, उहाँलाई पनि थाहा छैन । ‘