लन्डनमा ‘ए स्टार’को मोर्गेज, कर सम्बन्धि परामर्श कार्यक्रम २५ नोभेम्बरमा हुँदै

लन्डन । नेपाली व्यवसायीले सञ्चालन गरिरहेको लन्डनस्थित ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले सामुदायिक सचेतना कार्यक्रम गर्ने भएको छ ।

ए स्टार फाइनान्सिय सोलुसन्स यूकेको आयोजना तथा एनएनपी प्लस र हिलिङटन गोर्खा नेपलिज तथा युथ कम्युनिटीको सहकार्यमा आगामी नोभेम्बर २५ मा हेज एन्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, बिल्स, स्टेट प्लानिङ लगायतका विषयमा नि:शुल्क सचेतनामूलक कार्यक्रम गर्न लागिएको ए स्टार फाइनान्सियल सर्भिसेजका प्रिन्सिपल डाइरेक्टर तथा इण्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा जानकारी दिनुभयो।

कार्यक्रममा ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर  दर्लामीले ब्याजदर वृद्धिपछि वर्तमान बजार अवस्थाबारे अवगत गराउने छन् भने करका विविध आयाम सम्वन्धमा सिए समिरनाथ प्याकुरेलले मन्तव्य दिने कार्यक्रम छ । त्यसैगरि, सोलिसिटरको भूमिका र कन्भिएन्सिङ प्रक्रियाबारे एक्सम स्टोन सोलिसिटर्सका हितेश शाहले प्रष्टयाउनेछन् । वील्स, स्टेट प्लानिङ र प्रोटेक्सन निड्स विषयमा दर्लामीले नै प्रकाश पार्ने छन् ।

ए स्टारको मुख्य कार्यालय लण्डनको वेम्बलीमा छ भने गत वर्षदेखि केन्टको आसफोर्डमा शाखा कार्यालय र फार्नबरोमा सम्पर्क कार्यालय पनि सञ्चालित छन् । मोर्गेज, इन्सुरेन्स, विल तथा स्टेट प्लानिङ, पेन्सन र इन्भेस्टमेन्ट लगायतका फाइनान्सियल सर्भिस ‘वन स्टप’ सपको रुपमा उपलब्ध गराउँदै आएको ए स्टारले नेपाली समुदायको हितलाई ध्यानमा राख्दै नियमति रुपमा निशुल्क सचेतना तथा परामर्श कार्यक्रम समेत ए स्टारले गर्दै आएको छ ।