प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिएसगै दलका उम्मेदवार अहिले मत माग्न र सभा गर्न व्यस्त देखिएका छन् । यसैक्रममा काभ्रेको प्रतिनिधि सभा तर्फ क्षेत्र नम्वर २ बाट बाम गठबन्धनका गोकुल बाँस्कोटा चुनावी मैदानमा देखिएका छन् ।
हरेक उम्मेदवारले विकासका सपना बाडेपनि बाँस्कोटाले भने स्थानीय बासिन्दाका अगाडी तथ्य सहित आफुले गर्ने कामका बारेमा बताएका छन् । उहाले आफ्नो क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती नदिबाट फाइदा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । बाँस्कोटाले सुनकोशी नदीबाट विद्युत निकाल्ने सम्भावना प्रचुर रहेकाले त्यसमा सबै जनताले साथ दिनुपर्ने बताउदै इन्द्रवतीमा समेत ताल बनाएर पर्यटक भित्राउन सक्ने बताउनु भयो । उहाले यस पटकको निर्वाचनमा बाम गठबन्धनले विजयी हाँसिल गरेको खण्डमा देशको विकास र समृद्धिका कामहरु स्थिर रुपमा अघि बढाउने बताए ।
बास्कोटाले काभ्रे जिल्ला भएर बग्ने साथै पाँचखाल लगायतका क्षेत्रमा अर्गानिक तरकारीहरु उत्पादन गरि काठमाडौँमा निर्यात गरिने बताउनु भयो । २२ वर्षसम्म सरकारमा रहदा विकास गर्न नसकेको कांग्रेसले अहिले आएर मुलुकलाई समृद्धिमा लैजान्छु भन्नु मुर्खता भएको बाँस्कोटाको भनाई छ । कार्यक्रममा काभ्रे क्षेत्र नम्बर २ प्रदेश सभा ख का उम्मेदवार बसुन्धरा हुमागाँईले बाम गठबन्धले निर्वाचन जितेको खण्डमा बेथानचोक नारायणस्थानमा ५ वर्षमा १० लाख पर्यटक भित्राउने, खोपासी तालढुंगा सडक दुई लेनको गरि पक्की गर्ने बताउनु भयो । यसैगरि उहाले ५ वर्षभित्र खोपासी च्याम्राबेशी सडक कालोपत्रे गर्ने, ढुंखर्क पाटनेखोलाबाट ललितपुर जोड्ने सडकको ट्रायाक खोल्ने लगायतका कामहरु गर्ने प्रतिवद्धता जनाउनु भयो ।
पछिल्लो चरण बाम गठबन्धनले जिल्लाका विभिन्न स्थानमा घरदौलो अभियान र कोण सभाका कार्यक्रमलाई तिव्रता दिएका छन् । वाम गठबन्धका उम्मेदवारहरुले सवल र समृद्ध काभ्रे निर्माणका लागि वाम गठबन्धनलाई मतदान गर्न अनुरोध गरेका छन् ।






