विश्वकप फुटबलको प्रारम्भिक छनौट चरणमा नेपाल र भारतबीच खेल हुने भएको छ । सन् २०१८ को फिफा विश्वकप र सन् २०१९ को एसियन कपको प्रारम्भिक छनौट चरणको लागि खेल तालिका सार्वजनिक गरिएको हो ।
वरियता क्रममा सबैभन्दा पुछारमा रहेका एसियाका १२ देशहरुको ड्र मा नेपाल र भारतसँगै यमन र पाकिस्तान, पूर्वी टिमोर र मंगोलिया, कम्बोडिया र मकाउ, चाइनिज ताइपेइ र बु्रनाई तथा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । यी खेलहरु फागुन २८ देखि चैत ३ का बीच हुनेछन् । ४० देशलाई आठ वटा समूहमा विभाजन गरी डबल राउन्ड रोबिन फरम्याटमा विश्वकप छनौटका मुख्य खेल खेलाईनेछ ।
यसैविच, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीले ४८ खेलाडीलाई राष्ट्रिय टोलीके लागि सुरुवाती क्याम्पमा बोलाएका छन् । यी ४८ खेलाडीमा मनाङ मस्र्याङ्गदी, त्रिभुवन आर्मी, थ्रिस्टार, नेपाल पुलिस, एपिएफ, झापा एघार लगायतका क्लवमा आवद्ध खेलाडीहरुको बाहुल्यता रहेका छ ।
विश्वकप छनौटमा नेपाल र भारत भिड्ने






