सभासद् सुनिल यादव (जितेन्द्र)ले कटहरीया गाविसमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताहमा सात लाख रुपैयाँ दिने घोषणा गरेका छन् । अधुरो हनुमान मन्दिर र दुर्गा मन्दिर निर्माणका लागि सहयोगार्थ सभासद् यादवले संसदीय विकास कोषबाट सात लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
सप्ताहमा हालसम्म करिब रु १० लाख सङ्कलन भइसकेको आयोजक समितिले जनाएको छ । माघ २३ गते पहिलो दिन कटहरिया गाविसका पूर्वअध्यक्ष जादोलाल महतोले रु एक लाख एक हजार दिएर सप्ताहको उद्घाटन गरेका थिए ।
ज्ञान महायज्ञ सप्ताहमा युवा पण्डित विष्णुहरि बडालले कथावाचन गरिरहेका छन् । नेपाली काँग्रेस पार्टीबाट रौतहट जिल्लाको क्षेत्र नं ५ बाट प्रत्यक्ष उम्मेदवार यादवले निर्वाचित भएको थियो ।
सभासद् सुनिलद्वारा सात लाख दिने घोषणा






