काठमाडौं– धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा शनिबार बिहान रात्री बस त्रिशुली नदीमा खसेको छ ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको बस बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । बस नम्बर र यात्रु संख्या खुलेको छैन ।
दुर्घटनास्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ ।
दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालित छन् ।






