एनआरएन कोषाध्यक्षमा हिक्मत थापाले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्ष हिक्मत थापाले आगामी अक्टोवरको दोस्रो साता हुने विश्वसम्मेलनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।

थापाले विहीवार एक विज्ञप्ति जारी गर्दै दोस्रो कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
अफ्रिका महादेशमा गैरआवासीय नेपाली संघको विस्तारमा महत्वपुर्ण भुमिका निभाएका थापाले नेपालमा बैदेशिक लगानी र बिपतमा आर्थिक सह्योगका लागि महत्वपूर्ण काम गरेर संघ भित्र चर्चाको शिखरमा छन् । थापा अत्यन्त मिलनसार तथा संघ भित्र राम्रो छवि भएको पदाधिकारी भित्र पर्छन् ।

अध्यक्ष शेष घलेको कार्यकालमा संघ भित्र आर्थिक परदर्शिता ल्याउन थापाले महत्वपूर्ण भूमिका खेलेका थिए ।

थापासंग एनआरएनए नाइजेरियाका संस्थापक अध्यक्ष, दुई कार्यकाल नाइजेरियाको अध्यक्ष र दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहेर काम गरेको अनुभव छ ।

संघको ८ औं विश्व सम्मेलन १४ देखी १७ अक्टोवर सम्म काठमाण्डौंमा हुदैंछ ।