नायिका रोमियन लिम्बु जनसम्पर्क समिति युकेको सह-महामन्त्रीमा लड्ने

लन्डन ।जनसम्पर्क समिति बेलायतको आसन्न अधिवेसनमा नायिका रोमियन लिम्बुले सह -महामन्त्रीको उम्मेदवारी घोषणा गरेकी छन् । नेपाली कांग्रेस निकट प्रवासी शुभेच्छुक संस्था नेपाली जन सम्पर्क समिति,बेलायत यतिखेर अधिबेशनमा जुटेको छ।

यसै बीच लामो समय देखि बेलायतमा बसोबास गर्दै आएकी नेपाली चलचित्रकी निर्मात्री तथा नायिका रोमियन लिम्बुले अाउँदाे सेप्टेम्बर १६ मा हुन लागेकाे अधिवेशनमा नेपाली जनसम्पर्क समिति, बेलायतको सह – महामन्त्री पदका लागि आफ्नो उमेद्वारी  घोषणा गरेकी हुन् । छिटपुट रुपमा पत्रकारिता गर्दै आएकी रोमियन पहिलो पल्ट राजनीतिमा खुलेर लागेकी हुन् ।

एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी रोमियनले अभिनयलाई भने त्यागेकी होइनन। प्रवासमा रहेका संघ सस्थामा महिलाको भूमिकालाई बलियो बनाउन र महिला हक, हित र संरक्षणका लागि राजनीतिमा प्रवेश गरेको उनले  प्रष्ट पारेकी छिन ।