Video : एक महिनाअघि नै लाग्यो खुमलाई दसैं

काठमाडौं– दसैं आउन करिव एक महिना बाँकी रहँदा लोक गायक खुमन अधिकारीले दसैं गीत ल्याएका छन् । कोपिला छिनालसहितको स्वरमा ‘निधारैमा रातो टिका’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विष्णु न्यौपानेको शब्द रहेको गीतमा संगीत खुमन अधिकारीकै रहेको छ । म्यूजिक भिडियोको निर्देशन गायत्री थापा र सुमन थापाले गरेका छन् भने गीतमा मेहन्द्र गौतम र ऋचा थापाले अभिनय गरेका छन् ।