काठमाडौँ- दुई नम्बर प्रदेशमा सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको प्राराम्भीक नतिजामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
दुई नम्बर प्रदेशका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये एक सय १९ तहको मतगण चलिरहँदा नेपाली कांग्रेसले अहिलेसम्म १४ स्थानीय तहमा अग्रता बनाएको छ ।
त्यसैगरी उसलाई पछ्याइरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० वटा स्थानीय तहमा अग्रता बनाउन सफल भएको छ ।
प्रमुख मधेसवादी दल राष्ट्रिय जनता पार्टी तेस्रो स्थानमा रहेको छ । उसले ७ वटा स्थानीय तहमा अग्रता बनाउँदा ५ स्थानीय तहमा संघीय समाजवादी फोरमले अग्रता बनाइरहेको छ ।
कांग्रेसले अग्रता बनाएका स्थान
सिराहमा कांग्रेसले अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार कल्याणपुर, धनगढीमाई नगरपालिका र लहान नगरपालिकामा अग्रता लिएको छ। सिरहमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले दुई–दुई ठाउँमा अग्रता बनाएका छन्।
नेपाली कांग्रेसले सप्तरीको खड्क नगरपालिकामा अग्रता बनाएको छ । नेपाली कांग्रेसले खडग नगरपालिकाको प्रमुखमा ४९७ र उप प्रमुखमा ४ सय ६५ मत प्राप्त गरी अग्रस्थानमा रहेको छ।
सिरहाको लहान नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसका उम्मेदवारले ३०६ मत ल्याउँदा फोरमले २२५ र राप्रपाले २३३ मत ल्याएको छ ।
उपमेयरमा पनि कांग्रेसले ३२४ मतसहित अग्रता बनाएको छ भने २४३ मतसहित फोरम दोस्रो स्थानमा छ । त्यसैगरी २११ मतसहित राप्रपा तेस्रो र १६४ मतसहित एमाले चौथो स्थानमा छ ।नेपाली कांग्रेसले सर्लाहीको हरिपुर्वा नगरपालिका पनि अग्रता बनाएको छ । यहाँ नेपाली कांग्रेसले मेयर उपमेयरमा १२३/९१ मत ल्याएको छ भने एमालेले मेयर उमेयरमा ९९/११४ ल्याएको छ त्यसैगरी माओवादी केन्द्रले १०३/६९ मत ल्याएको छ ।
एमालेले अग्रता बनाएका स्थान
पछिल्लो मतअनुसार धनुषाको मिथिला बिहारी नगरपालिकामा एमालेले अग्रता बनाएको छ । त्यहाँ एमाले ३१४ मतसहित अगाडि छ । त्यसैगरी नेपाली कांग्रेस २४३ र संघीय समाजवादी फोरम नेपाल १६३ मतसहित पछ्याउँदैछन् ।
सर्लाहीको र्इश्वरपुर नगरपालिकामा एमालेले २ सय ३९ मत ल्याएर अग्रता बनाएको छ। यहाँ माओवादी र कांग्रेस क्रमश १९२ र १५७ मत ल्याएर दोस्रो र तेस्रो बनेका छन्।उपमेयरमा पनि एमाले नै अघि छ। एमाले उम्मेदवारले २ सय ३६ मत ल्याएका छन् माओवादीका उम्मेदवारले २०३ र कांग्रेसले १७० मत पाएका छन्।
त्यस्तै हरिवन नगरपालिकामा एमालेका मेयर उम्मेदवारले २ सय ८५ मत ल्याएका छन् भने माओवादीले २ सय २२ मतका साथ दोस्रोस्थान ल्याएका छन्। कांग्रेसले भने यहाँ मेयरका लागि १ सय ५५ मत पाएको छ।
सिरहाको कर्जन्हा नगरपालिकामा एमालेले अग्रता लिएको छ। प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका मदयाल महतोले ३०२ र माओवादी केन्द्रका गंगा पासवानले २९८ मत ल्याएका छन्। नेपाली कांग्रेसका विजयकुमार मोरवैताले १५८ मत ल्याएका छन् । उपमेयरमा माओवादी केन्द्रको अग्रता छ । एमालेले विष्णुपुर गाँउपालिकामा पनि अग्रता लिएको छ ।
पर्सा जिल्लामा मतगणना सार्वजनिक भएका ६ स्थानीय तहमध्ये ३ वटामा एमाले अग्रता बनाएको छ । यहाँका पर्टेवा सुगौली, बिन्दवासीनि, सखुवा प्रसौनीमा नेकपा एमालेले अग्रता बनाइरहेको छ ।पर्टेवा सुगौली गाउँपालिकामा एमालेले ४ सय ९० मत ल्याएर अघि छ उसलाई कांग्रेसले ३०५ का साथ पछ्याइरहेको छ।
पछिल्लो मतपरिणामअनुसार बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा एमालेका गौरीशंकर साह ३६६ मतसहित अगाडि छन् भने कांग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरसिया १७७ मतसहित उनलाई पछ्याइरहेका छन्।
त्यस्तै सखुवा प्रसौनीमा पनि एमालले अग्रता लिएको छ। उसले १ सय ३४ मत ल्याएको छ भने संघीय समाजवादी फोरमले १ सय १७ मत पाएको छ। ठोरी गाउँपालिकामा, माओवादी केन्द्रले अग्रता लिएको छ उसले २ सय २४ मत पाएको छ । कांग्रेसले यहाँ २ सय ७ मत ल्याएको छ।
सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेले अग्रता बढाइरहेको छ। एमालेका मेयर उमेदवार उत्तम शर्माले ३४९ मत ल्याउँदा माओवादी केन्द्रका उमेदवार ध्रुव कार्कीले ३४९ मत ल्याएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रमुख र उप प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ ।
नेपाल लोकतान्त्रिक फोरमका अशोक चौधरीले १०५ र नेपाली कांग्रेसका कृष्णप्रसाद ढकालले ११५ मत ल्याएका छन्। उपमेयरमा पनि यहाँ एमाले उमेदवार नै अगाडि छन् ।
रौतहटको गरूडा नगरपालिकामा एमालेले अग्रता बनाएको छ। एमालेका शेख कल्ला मुल्ली २१७ मतसहित पहिलो स्थानमा छन् । उनलाई कांग्रेसका सुनिलकुमार यादवले १०७ मतसहित पछ्याउँदैछन्। माओवादी केन्द्रका सुरेन्द्रकुमार जैसवालले ६३ मत ल्याएका छन् ।
यहाँको उपमेयरमा भने संघीय समाजवादी फोरमकी उम्मेद्वार अगाडि छन् । फोरमकी बिन्दुकुमारी यादव ७१ मतसहित अग्र स्थानमा छिन् ।
राजपाको अग्रता भएका स्थान
बाराको महागढी मार्इ नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालले फराकिलो अग्रता बनाएको छ । ६६१ मत गनिसक्दा यहाँ राजपाका मेयर र उपमेयरका उम्मेदवारले समान ३५३-३५३ मत ल्याएका छन् । राजपालार्इ पछ्याइरहेको माओवादी केन्द्रका उम्मेदवार दोस्रो स्थानमा रहेका छन् । यहाँ माओवादीबाट मेयर-उपमेयरका उम्मेदवारले समान १०५-१०५ मत ल्याएका छन् ।
राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले सप्तरीका कृष्णसावरन र तिलाठी कोइलाडी गाँउपालिकामा अग्रता लिन सफल भएको छ ।
सप्तरीमा मतगणना भएका पाँच स्थानीय तह मध्ये राष्ट्रिय जनता पार्टी(राजपा) ले अग्रता लिएको छ।
संघीय फोरमको अग्रता
धनुषाको क्षीरेश्वरनाथ प्रमुखमा संघीय समाजवादी फोरम २१० ले अग्रता बनाएको छ । यहाँ कांग्रेस १८१ र एमालेको ८१ मत छ । धनुषाकै हंसपुरमा संघीय समाजवादी फोरम २१७ मतसहित अगाडि छ । यहाँ एमालेको १५१ र कांग्रेसको १३१ मत छ ।
संघीय समाजवादी फोरमले धनुषाको औरही गाँउपालिका र लक्ष्मीपुर पतारी गाँउपालिकामा अग्रता लिएको छ। संघीय समाजवादी फोरम नेपालले पोखरिया नगरपालिकामा अग्रता बनाएको छ। उसले मेयर र उपमेयरमा ८०/८० मत ल्याएको छ। माओवादीले २०/२० मत ल्याएको छ । यहाँ नेपाल जनतादलले पनि २०/२० मत ल्याएर माओवादीसँग प्रतिस्पर्धामा छ ।
माओवादी केन्द्रको अग्रता
धनुषाको गणेशमान चारनाथमा नेकपा माओवादी केन्द्र १९४ अडाडि छ । यहाँ समाजवादी फोरम १५८ र कांग्रेसको १२० मत छ । सिरहाको गोलबजार र मिर्चैया नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता बनाउन सफल भएको छ ।
मिर्चैया नगरपालिकामा माओवादीले अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार माओवादीका श्रवणकुमार यादवले १९३ मत ल्याएका छन् । उनी पछि नेकपा एमालेका प्रदीप महासेठ ८३ मत सहित छन् ।
उपमेयरमा पनि माओवादीकै अग्रता छ। जिवछी देवीले १९१ मत ल्याएकी छन् भने एमालेकी शोभादेवी साहले ८४ मत ल्याएकी छन् ।
यस्तै तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेद्ववार सीताराम यादवले ४८ मत ल्याएका छन् यस्तै उपमेयरमा निर्जलाकुमारी सिंहले ५८ मत ल्याएकी छन्।
यहाँ संघीय समाजवादी फोरमका जमुना यादवले मेयरमा ८ मत ल्याएकी छन् भने उपमेयर सुनिता महतोले समान ८ मत ल्याएकी छन्।
माओवादी केन्द्रले सर्लाहीको बागमती नगरपालिकामा पनि अग्रता लिएको छ। उसले ९२ मत ल्याएर एमालेलाई अग्रता लिएको हो। एमालेका मेयर उम्मेदवारले ६४ मत ल्याएका छन्। कांग्रेसले १४ मत ल्याएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। सार्वजनिक मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार युवराज भट्टराई १००६ मत ल्याएर अगाडि बढेका छन्।
उनलाई कांग्रेसका उम्मेदवार रामचन्द्र चौधरीले ७५१ मतसहित पछ्याइरहेका छन् । यहाँ एमालेका उम्मेद्वार उद्धव रेग्मीले ७०६ मतसहित तेस्रो स्थानमा छन् ।
पर्साको ठोरी र पकाहा मैनपुर गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाउन सफल भएका छन् । ठोरी गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिँदै २ सय २४ मत पाएको छ । यहाँ कांग्रेसले २ सय ७ मत ल्याएको छ। पकाहा मैनपुर गाउँपालिकाको १ सय मत गन्दा माओवादीले ५७ मतसहित पहिलो र एमालेले ६ मत ल्याएर दोस्रो भएका छन्।
पकाहा मैनपुर गाउँपालिकाको १ सय मत गन्दा माओवादीले ५७ मत ल्याएर पहिलो र एमालेले ६ मत ल्याएर दोस्रो स्थानमा छन्।






