एनआरएनए पोर्तुगल उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित, अध्यक्ष महासचिव लगायत अधिकाश पदमा निर्बिरोध

लिस्बोन । एनआरएनए पोर्तुगलको सेप्टेम्बर १० मा हुने छैटौं अधिवेशन र कार्यसमितिको निर्वाचनको लागि आज सेप्टेम्बर ७ मा उम्मेदवारी फिर्ताको अन्तिम दिन विभिन्न पदहरुमा निर्बिरोध भएको छ ।

दुईजना आसीसी सदस्यहरुमा नरेन्द्रबहादुर हमाल र पेम्बा शेर्पा निर्बिरोध भए, यसैगरी अध्यक्षमा कुबेर कार्की र महासचिवमा निराजन सुबेदी, सचिवमा घनेश्याम सुबेदी र अगेन्द्र गुरुङ, महिला संयोजकमा सीता बराल र पन्द्र जना सदस्यहरु निर्बिरोध भएको जनाइएको छ । तर औपचारिक घोषणा अधिबेशनमा मात्र हुने निर्वाचन समितिका सदस्य राजकुमार थापाले बताए ।

तर तीन खुला उपाध्यक्ष, एक महिला उपाध्यक्ष, कोषाध्यक्ष र युवा संयोजकमा भने चाहिने संख्या भन्दा बढीको उम्मेदवार परेको हुँदा निर्वाचन हुने निश्चित देखिएको थापाले जानकारी गराए ।