गुल्मी २४ माघ । जिल्ला खेलकुद बिकास समिति गुल्मीको आयोजनामा छैठौ राष्ट्रपति रनिङ्सिल्डको जिल्ला स्तरीय फाईनल प्रतियोगिता त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घामा सम्पन्न भएको छ ।
कार्यक्रमको समापनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक डिएसपी हिमालयकुमार श्रेष्ठले यहाँको खेल क्षेत्रको उत्साह देखेर आफु प्रभाबित भएको भन्दै खेल क्षेत्रको विकासको लागि आफूले पनि सक्दो सहयोग गर्ने कुरा बताउनु भयो ।सोही अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीका पुर्वू अध्यक्ष जनार्दन घिमिरे, , नेकपा एमाले गुल्मीका सचिबालय सदस्य कमला शर्मा, त्रिभुबन उच्च माध्यमिक विद्यालय कुर्घाका प्राचार्य राम बहादुर थापा , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खड्क बहादुर खड्का लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । उक्त प्रतियोगीतामा, समग्र खेल तालीका अनुसार १६२ अंक सहित त्रिभुबन उच्च माद्यामिक बिद्यालय कर्घा प्रथम, ८७ अंक सहित महेन्द्रं्र आदर्श उच्च माद्यामिक बिद्यालय वामी द्धितिय, तथा ६९ अंक सहित पृथ्बी उच्च माद्यामिक बिद्यालय पुर्काेटदह पुर्काेट तृतिय भएका छन । कार्यक्रममा प्रथम, द्धितिय तथा तृतिय हुने बिद्यालयलाई क्रमश १५ हजार, १२ हजार, ९ हजार नगद सहित प्रमाणपत्र, मेडल, शिल्डले सम्मान गरिएको थियो । यस्तै बिभिन्न बिधाबाट उत्कृष्ट हुने खेलाडी तथा बिद्यालयलाई मायाको चिनो तथा सम्मान पत्रले सम्मान गरिएको थियो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गोबिन्द बहादुर बि.क.को सभापतित्व रहेको कार्यक्रमको सञ्चालन समितिका उपाध्याक्ष कृष्ण भण्डारीले गर्नुभएको थियो । उक्त प्रतियोगीतामा करिब २२ बिद्यालयको सहभागीता रहेको थियो ।






