गुल्मी २४ माघ ।सभाषद्ज्यू गाउँमा खानेपानीलाई निकै दुख भयो, एक गाग्री पानी लिनजाँदा घण्टौ वित्छ ? विद्यालयको हालत पनि त्यस्तै छ, पानी परेपछि टीनको छानो चुहेर हैरान हुन्छ, यति बाटो यहाँदेखि त्यहाँसम्म जोडन पाए निकै सजिलो हुने थियो, हामी त साह्रै मर्कामा परिम्, जसरी हुन्छ रकमको व्यवस्था मिलाईदिनु पर्यो ?’ विद्यालयका स्वर्ण महोत्सव, मोटर वाटो उद्घाटन र शिलान्यास आदि कार्यक्रममा सहभागि हुन गाउँगाउँ पुगेका गुल्मी क्षेत्र नम्वर २ का सभासद् चन्द्र भण्डारीलाई कार्यकर्ताहरुले यस पटक यस्तै धेरै मागहरु तेस्रायर हैरानै पारे ।
कार्यकर्ताहरुको माग सनेपछि भण्डारीले यसरी आश्वासन दिदैं गए, ‘हुन्छ रकमका लागि चिन्ता नगर्नु, पहिले काम गर्नुस, रकमको अभावमा तपाईहरु अलपत्र पर्नु पर्दैन, गरे के हुँदैन ?’ यस्तै यस्तै आश्वसन दिदैं भण्डारीले तीन दिनमा गुल्मीमा १२ ओटा औपचारीक कार्यक्रममा सहभागि वने ।
तर संविधान निर्माणका लागि जनताहरुले निर्वाचित गरेर संविधान सभामा पठाएका भण्डारीलाई संविधान किन बनेन भनेर विरलै जनताले सोधे । उनीहरुलाई संविधानको चिन्ता भन्दा पनि गाउँघरका समस्याको रहेछ । त्यसैले होला उनीहरुले यस पटक पनि विद्यालय, खानेपानी, मोटरवाटो, दरवन्दी आदि विषयमा मात्र माग राखेका थिए आफ्ना सभासद्सँग ।
कार्यक्रम स्थलमा जानसाथ कार्यक्रर्ताहरुले घेरेर विकास माग्नेक्रम यो नौलो हैन । तर यसपटक संविधान निर्माण गर्न पठाएका जनताले एक वर्षमा किन संविधान नवनाई गाउँ फर्केको भन्ने प्रश्नको जवाफ जनताले खोज्लान भन्ने अनुमान भण्डारीको थियो । ‘मलाई जनताले संविधान किन वनाउन सकेनऊ भने प्रश्न गर्लान र यसको जवाफ कसरी दिने भन्नेमा थियो, तर जनताले त्यो प्रश्न भन्दा पनि गाउँमा विकास चाहियो भनिरहे, कतिले पहाडलाई तराईसँग अलग गर्नु हुँदैन यसमा तपाईहरुले पहल गर्नुपर्छ भन्ने कुरा गरे,’ भण्डारीले भने । ‘गौँडाकोट, रुपाकोट, बलीथुम, सिस्ने, पारल्मी, जुभुङ्ग, रातामाटा लागयतका कार्यक्रममा सहभागि हुँदा भण्डारीले कतिपय ठाउँमा राती १० वजेसम्म औपचारीक कार्यक्रममै समय विताएका थिए । ‘खानेपानीलाई दुखभयो, सदरमुकाम नजिकै भएर पनिहामीले दुखपायौँ,’ एक जनाकार्यकर्ता भन्दै थिए, ‘लौ माननिय ज्यू यतिकाम गर्दिनुप¥यो ।’ अति छोटो भेटघाट कार्यक्रमका विचपनि स्थानीयले आफ्ना समस्याहरु वताई रहन्थे । ‘हामीले स्रोत केन्द्रमै राम्रो नतिजा ल्याएका छौँ, तर बिद्यालयको छानो चुहिन्छ, एउटा पनि दरबन्दी छैन,’ रुपाकोट स्थित एक बिद्यालयका अध्यक्ष डिल्लिराज भण्डारीले भने, ‘हामीलाई शान्ति मन्त्रालयबाट एउटा चार कोठे भवनको ब्यवस्थागरिदिनुप¥यो ।’
बलिथुमका स्थानीयले भण्डारीलाई मागपत्र नै पेश गरे । स्थानीय शिक्षक सुर्यबहादुर फुङजेलीले मागपत्र बुझाउँदै भण्डारी सामु बलिथुममा एउटा पनि उच्चमावि नभएकोले त्यसकालागि सहयोग गर्न अनुरोध गरे । ‘यहाँका बिद्यालयहरूमा ब्लगदिनुप¥यो, बाटोको राम्रो ब्यवस्था गर्दिनुप¥यो, खानेपानीको समस्या समाधानहुनुप¥यो,’ फुङजेलीले यसरी आफ्ना विकासे माग सुनाए ।
बलिथुमका एमाओबादी नेता मनिराम ज्ञवालीले भण्डारी समक्ष वाटोको पुरानो ऋण धेरै भएकोले समयमै ऋण तिर्ने ब्यवस्था गर्न अनुरोध गरे । ‘बाटो खनेको मात्रै गाविसको नाममा ५२ लाख ऋण छ,’ उनले भने, ‘प्रत्येक बर्ष गाविसको बजेटले ऋण तिरेर कहिले सक्ने, विकास कहिले हुन्छ ?’
राष्ट्रिय राजनीतिमा संबिधान निर्माणमा लडाँई भईरहेको भएपनिगाउँका स्थानीयले आफूहरू विकासकै भोको भएको बताए । अन्तरीम संबिधानले पनि आफूहरूको केहि विगार नगरेको भन्दै स्थानीयहरूले सभासद समक्ष विकासको स्वाद चखाउन अनुरोध गरे
थुप्रै विकासे नारासँगै संबिधान सभाको निर्बाचनमा निर्वाचित भएका भण्डारीलाई अहिले कार्यकर्ता र मतदाताहरूले गाउँमा हैरानै पार्न थालेका छन् । भण्डारीले हरेक पटक गाउँमा आउँदा कार्यकर्ता र भोटरहरूले विकास मात्रै मागेको बताउँछन् । उनले स्थानीयहरू समक्ष अबको पाँच बर्ष पछि धैरै समस्या समाधान हुने भन्दै आश्वस्त पारेर फर्किएका थिए ।






