लन्डन । गोर्खा सत्याग्रह संघर्ष समिति, बेलायतका सञ्चार निर्देशक प्रभावशाली व्यक्तित्व दीपक मास्केले आफ्नो पदबाट सोमबार संयोजक कृष्ण राई समक्ष लिखित राजीनामा बुझाएका हुन् ।
सत्याग्रहभित्र गेसो चरित्र हावी भएको आरोप लगाएका मास्केले को को सदस्यबाट धोका भएको भन्ने चाहिं पत्रमा खुलाएका छैनन् । आइतबार नर्थहोल्टमा भएको सत्याग्रह समितिको बैठकमा मौखिक राजीनामाको घोषणा गरेका मास्केले लिखित पत्रमा गोर्खा समुदायलाई धोका हुने र भ्रमित तुल्याउने किसिमको प्रचारप्रसार र कार्यशैली भएको जनाउंदै अब उप्रान्त उक्त जिम्मेवारी वहन गरिरहन नैतिकताले नदिने बताएका थिए ।






