शिब भण्डारी -लण्डन । बेलायतमा सम्पन्न म्याराथनको एक विश्व च्याम्पियनसिपमा भाग लिन लन्डन आइपुगेका नेपाली धावक भूमिराजलाइ राई स्वागत तथा सम्मान गरिएको छ ।
इन्टरनेसनल एशोसिएसन अफ एथ्लेटिक फेडेरेसन (आईएएएफ) द्धारा आयोजित आईएएएफ वल्र्ड च्याम्पियनसिपको म्याराथनमा भाग लिन नेपाली रास्ट्रिय च्याम्पियन राई च्याम्पियनसिपका लागि राईका टिम म्यानेजर तथा नेपाल एथ्लेटिक संघका महासचिव सुनिल राजबंशी लाइ सोमबार सांझ साउथ ह्यारोस्थित माया पबको सभाहलमा युवात्रय सिद्धार्थविक्रम क्षेत्री, सन्तोष राई र बीरेन खड्काले स्वागत तथा सम्मान गरेका हुन् ।
कार्यक्रममा तीनजना आयोजकसहित एनआरएनए आइसीसी सल्लाहकार मेजर रिटायर्ड डमर घले, नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति युवराज गुरुङ, यती कार्यवहाक अध्यक्ष शशीधर नेपाल, व्यवसायी प्रवेश केसी, ग्रयाण्ड मास्टर एनजे गुरुङ, पत्रकारहरु नवीन पोखरेल, चिरन शर्मा, आर के त्रिपाठी लगायतले खेलाडी र अफिसियललाई सम्मान गरे ।
बेलायतस्थित पत्रकार हरु समाज सेबीहरु गरि बाक्लो उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । धावक राई ५ पटकसम्म नेपालको रास्ट्रिय च्याम्पियन बनेका छन् । उनले २ घण्टा २० मिनेट ४४ सेकेण्डमा म्याराथन पूरा गरेर रास्ट्रिय रेकर्ड कायम गरेका छन् । जुन नेपाली भूमिमा नेपाली खेलाडीले कायम गरेको अहिलेसम्मकै सबैभन्दा कम समयको रेकर्ड हो ।
धावक राई महेन्द्र पुलिस क्लबमा आवद्ध रहेर म्याराथन दौडिदै आएका छन् । भिडियो







