काठमाडौँ- उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीका सह–अध्यक्ष रामेश्वर राय यादवले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिने भएका छन् ।
यादवले केही बेरमा पार्टी अध्यक्ष गच्छदारलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् ।
पार्टी एक्लौटी ढंगले चलाएको भन्दै यादव लामो समयदेखि असन्तुष्ट रहँदै आएको थिए । उनले यसबारेमा पार्टीमा कुरा राखे पनि त्यसको उचित सुनवाई नभएको भन्दै पार्टीबाट राजीनामा दिन लागेका हुन् ।
यादवले सहअध्यक्ष पदसहित पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिन लागेको रातोपाटीलाई बताए । उनले अब आफू पार्टीको साधारण सदस्यको रुपमा मात्र रहने पनि जानकारी दिए ।






